श्रममन्त्री अर्याल पनि सहकारी ठगीमा जोडिएको कांग्रेसको आरोप

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १२ : ५८
श्रममन्त्री अर्याल पनि सहकारी ठगीमा जोडिएको कांग्रेसको आरोप

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य नेताहरूको सहकारी ठगी प्रकरणमा संलग्न रहेको विषय संसदमा उठाएको छ।

रास्वपा उपसभापति समेत रहेको श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडिएको विषय उठाएको हो।

कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा कुरा राख्दै सांसद सांसद रामकृष्ण यादव प्रधानमन्त्री र प्रहरी प्रमुखले नै छानबिन आवश्यक नभएको बताएपछि अनुसन्धान प्रभावित हुने आशंका बढेको बताए।

प्रतिक्रिया दिनुहोस