काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान (ज्ञानेन्द्र) बहादुर शाहीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था नभए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले जुम्ला जोडने सो राजमार्गको स्तरोन्नति नभएका कारण त्यहाँ जनता अलपत्र अवस्थामा बस्नुपरेको उल्लेख गर्दै अब पनि त्यसका लागि बजेटको व्यवस्था नभए संसद् र सदन दुवैमा आन्दोलन गर्ने बताए ।
प्रमुख सचेतक शाहीले कर्णालीका नागरिकले पनि बाँच्न पाउने अधिकार भएकाले सरकारले त्यसको व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताए । उनले जुम्लाले मात्रै स्याउ, मार्सी धान, जडीबुटी लगायतबाट देशलाई करोडौँ दिन सक्ने अवस्था भएकाले सरकारले त्यस क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।
सांसद शाही कर्णाली राजमार्ग व्यवस्थित नहुँदा सवारी दुर्घटनामा परी धेरैको ज्यान गएको पनि स्मरण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १४ : १७
लेखकबाट थप