एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।
कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए । त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए ।
त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।
यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिल : राजस्थानमाथि दिल्ली २० रनले विजयी
आइपिल : गुजरातसँग हार्यो पञ्जाब
आइपिल : लखनउले हरायो चेन्नईलाई
आइपिल : पञ्जाव किंग्समाथि लखनउ सुपर जाइन्ट २१ रनले विजयी
आइपिल : दिल्लीमाथि राजस्थान रोयल्सको शानदार जित
आइपिल : मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी