काठमाडौँ । सभामुख देवराज घिमिरेले दलहरूबिचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले आफू बाहिर भएको बेला के–के भयो भन्ने कुरा धेरै थाहा नभएको बताए ।
आफू विदेश जाँदा प्रतिनिधि सभा बैठक नै स्थगित गरेर जानुपर्ने कारणबारे सञ्चारकर्मीले गरेको प्रश्नमा घिमिरेले भने,‘ यहाँ के भयो भन्ने कुरा धेरै थाहा छैन । तर सामान्यतया सभामुख जाँदा बैठक रोकिएको हुन्छ ,अव हामी आइपुगेका छौँ बैठकहरू चल्छन् ।’
उनले संसदीय क्यालेन्डर अनुसार नै चैत १८ गतेबाट बैठक चल्ने पनि बताए । ‘दलहरूबिच छलफल हुन्छ र सोही अनुसार हामी अघि बढ्छौ’, सभामुख घिमिरेले संसद् अवरोधबारे दलहरूबिच छलफल गरेर संसद् बैठकले गति लिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे