सिमकोट, (हुम्ला) । हुम्लामा २३ सय ४० क्विन्टल पोषणयुक्त चामल ल्याइएको छ । पैदल र हवाइमार्गबाट ल्याइएको चामल बिक्री भइरहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायब सुब्बा नवीनप्रसाद आर्चायले बताए ।
खाद्य संस्था शाखाको गोदाम सिमकोटमा आइपुगेकामध्ये आठ सय ९० क्विन्टल चामल बिक्री भएको उनले बताए । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको वितरण केन्द्रबाट एक सय सात र श्रीनगर वितरण केन्द्रबाट दुई सय क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिए । चामलमा आठ प्रकारका पौष्टिक तत्त्व मिसाइएको छ ।
यसैबीच, हुम्लाका निम्ति छुट्याइएको १४ हजार क्विन्टल चामल पनि ढुवानी भइरहेको उनले बताए। पौष्टिक तत्त्व प्रयोग नगरिएको यसअघि ढुवानी हुँदै आएको नियमित कोटाको आठ हजार पाँच सय क्विन्टल चामल हवाइमार्गबाट ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ चैत्र २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
हुम्लामा हिमपात
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै