सिमकोट । हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गरिरहेका छन् । हिउँले जाडो बढेपछि विद्यार्थी कोठा बाहिर घाम ताप्दै हिउँमै बसेर अध्ययन गरिरहेका हुन् ।
जिल्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ । कक्षा भित्र झन् बढी जाडो हुने भएकाले सबै कक्षा बाहिर हिउँ जमेको चौरमै सञ्चालन भइरहेका छन् ।
हिमपात भएपछि कक्षाकोठामा निकै जाडो हुने भएपछि बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको शिक्षक यज्ञबहादुर शाहीले बताए । ‘मंसिर अन्तिम भएका कारण त्यसै त चिसो बढेको र त्यसमाथि झन् हिमपातको कारण चिसो निकै बढेकाले चौरमा राखेर पढाउनुको विकल्प छैन’, उनले भने ।
विद्यालयले चौरमा बाल विकासदेखि कक्षा दशसम्मका झण्डै ३०० विद्यार्थीलाई राखेर पढाइरहेको छ । हुम्ला जिल्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ । पुस पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
हुम्लामा हिमपात
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लामा हिमपात