एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको तुर्बातमा अतिवादी हमला भएको छ। यो क्षेत्र इरानसँग सीमा जोडिएको छ।
मकरन डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गर्दै सोमबार राति एयरपोर्ट नजिकै हमला भएको बताए।
उनले ४ देखि ६ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाएको तर नौसेनाको एयरबेससम्म पुग्न नसकेको बीबीसीले जनाएको छ।
क्वेटाका एक वरिष्ठ अधिकारीका अनुसार आक्रमणकारीहरू आम जनताको बाटो हुँदै तुर्बत एयरपोर्टमा प्रवेश गरेका थिए तर सुरक्षा बलहरूले उनीहरूको षड्यन्त्र विफल पारे र उनीहरूलाई अगाडि बढ्नबाट रोके।
प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको माजिद ब्रिगेडले यस हमलाको जिम्मेवारी लिएको छ।
एक साताभित्र बलुचिस्तानमा यस चरमपन्थी संगठनले गरेको यो दोस्रो आक्रमण हो। यसअघि ग्वादर जिल्लामा बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आक्रमण भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते
स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान
कब्जा भएको भू-भागमा युक्रेनी सेनाको आक्रमणमा २२ जनाको मृत्यु: रुसी अधिकारी
लाजिम्पाटमा व्यवसायीमाथि रड आक्रमण : भारतबाट पक्राउ परे २ आरोपी
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु