सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्ने बताएका छन् ।बिहीबार एमाले सुर्खेतको नवौँ अधिवेशन उद्घाटन गर्दै पोखरेलले एमाले नेताहरूको नेतृत्व गर्न पाउनुपर्ने कुरालाई नेकपा माओवादीका साथीहरूले स्वागत गर्नुपर्ने बताएका हुन् ।
‘कर्णालीका एमालेका नेताहरूले एक पटक हामीले नेतृत्व पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले स्वागत गर्नुपर्छ,’उनले भने, ‘यो कुरा कर्णालीका माओवादीका साथीहरूले अघि बढेरै भन्नुपर्छ, हामीले धेरै पटक नेतृत्व गर्यौँ, एक पटक तपाईँहरूको नेतृत्वमा अघि बढेर काम गरेको सिक्न चाहन्छौँ ।’
आफूले निरन्तरता पाउनुपर्ने भनेर माओवादी साथीहरू काठमाडौँ गएको कुरा सही नभएको भन्दै उनले नेतृत्वका लागि एमाले नेताहरूले पनि काठमाडौँ धाउन जरुरी नरहेको बताए । ‘कर्णालीको नेतृत्वमा एमालेलाई साथ दिनुपर्ने कुरामा माओवादी साथीहरूले सोच्नुपर्छ,’ उनले भने, ‘नेतृत्वले यो विषयमा सोचिरहेको होला ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ : महासचिव पोखरेल
०८४ मा एमाले बलियो शक्तिका रूपमा स्थापित हुन्छ : महासचिव पोखरेल
मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
नेपालले बिआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना छन्: महासचिव पोखरेल