काठमाडौं। हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो ।
बुधबारदेखि चौबिसै घण्टा विद्युत् सेवा निरन्तर हुनेगरी विद्युत् सेवा विस्तार गरिएको कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताए । स्वास्थ्यचौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले जानकारी दिए ।
विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई सेवा प्रवाह गर्न विद्युत् सेवा उपलब्ध गराइएको उनले बताए । अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत् सेवा उपलब्ध भएपछि दैनिक कार्यसम्पादन गर्न सहज हुनेछ ।
विद्युत् लाइन विस्तार गर्न तारको व्यवस्था उक्त कार्यालयले गरेको थियोभने प्राविधिक खर्च वडा कार्यालयले बेहोरेको थियो ।वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयलाई मासिक दुई हजार विद्युत् शुल्क तोकिएको अध्यक्ष बुढाले बताए ।
गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्थालाई सरकारी कार्यालयलाई रु एक हजार शुल्क तोकिएको छ । गाउँमा विद्युत् सेवा उपभोग गर्ने सेवाग्राहीलाई मासिक शुल्क दश तोकिएको छ । २५ किलोवाट क्षमताको रायाखोला जलविद्युत् आयोजनाबाट विगत ६ वर्षदेखि जिल्लाका विभिन्न भागमा विद्युत् सेवा प्रदान हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
हुम्लामा हिमपात
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै