काठमाडौँ । नेपाली काँग्रेसका सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषदमा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको आजको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाए ।
उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारका सदस्य सुन तस्करीमा संलग्न भएको देखिएको अवस्थामा कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सचेतक थिङले उपरोक्त सबै विषयमा राम्ररी छलफल नगरी सदन प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
संसदीय छानबिनको मागबाट पछि नहट्ने काँग्रेसको निर्णय
कम्युनिस्टहरुले सत्ता कब्जाको शैली देखाए, सहकारीमा ज्यान गए छोडिन्न : देउवा
काँग्रेसको आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा