काठमाडौं । प्युठानमा दम्पती हत्याको अनुसन्धान गरेको प्रहरीले बारीबाट घन फेला पारेको छ । घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेको हो। योसँगै हत्याराले घन प्रहार गरेर हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालका अनुसार मृत भेटिएका दम्पतीको टाउको क्षतविक्षप्त अवस्थामा हुनु र बारीमा घन भेटिनुले हत्याराले घन प्रयोग गरेको हुनसक्छ ।
शनिबार दिउँसो साढे १२ बजेतिरको समयमा माण्डवी गाउँपालिका–२ रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियार मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर आएको आएको थियो ।
छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो । अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको डीएसपी बस्यालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थमन विक हत्या प्रकरणको मुद्दा : उच्च अदालत जनकपुरमा १३औं पटक तोकियो पेसी
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
बाबा सिद्दीकी हत्या प्रकरण : मुम्बई र पन्जाब पुलिसद्वारा एक आरोपीलाई पक्राउ