एजेन्सी । आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १-० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १-० ले विजयी भएको आधारमा नतिजा १-१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो ।
अतिरिक्त समयमा दुवै क्लबले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
त्यस्तै बार्सिलोनाले गएराती नै सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३-१ ले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
योसँगै अहिलेसम्म आर्सनलसहित बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० फागुन २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित