काठमाडौं। नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै शपथ लिने भएका छन् ।उनको शपथको कार्यक्रम अपरान्ह साढे ४ बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको अध्यक्षमा आजै नेकपा (माओवादी केन्द्र)का उमेदवार दाहाल विजयी भएका थिए । दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलवार राष्ट्रियसभाबाट पारित भएको हो ।
उनको पक्षमा ३९ र विपक्षमा १७ मत परेको थियो । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रियसभामा दाहाललाई माओवादी, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का सांसदले समर्थन गरेका हुन् ।
यसअघि नेपाली कांग्रेसका युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भनि प्रस्तुत गरिएको प्रस्ताव अस्वीकृत भएको थियो । १७ सदस्यले मात्रै शर्मालाई मत दिएका थिए । शर्मालाई आफ्नै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले मत दिएका थिए ।
विजयी भएका दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नाता पर्छन् । राष्ट्रियसभाका अध्यक्ष दाहालले शपथ लिएलगत्तै प्रदेश प्रमुखहरूले पनि शपथ लिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रा स्रोत साधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ : अध्यक्ष दाहाल
सांसद र पत्रकारहरुबिचको सम्बन्ध सहज हुनुपर्छ : अध्यक्ष दाहाल
शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : नारायणप्रसाद दाहाल
दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी छ : अध्यक्ष दाहाल
अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित