काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। प्रतिनिधिसभामा २१ सांसद रहेको रास्वपाका चार मन्त्री सरकारमा सहभागी छन्।
गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग सहकार्य गरेका प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदैछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै