काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजे पार्टी कार्यालय च:मतिमा बस्नेछ ।
पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठकै अध्यक्षतामा बैठक बस्नेछ । दलका नेता लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् ।
पार्टी विधानको दफा १३ (१) बमोजिम बैठक बोलाइएको रास्वपा सांसदहरूले बताएका छन् । बैठकमा संसद्को आगामी अधिवेशन तयारीका विषयमा छलफल हुनेछ । संसद्को हिँउदे अधिवेशन यही माघ १८ गतेदेखि शुरू हुँदैछ ।
बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेशका बारेमा समेत छलफल हुने नेताहरूले बताएका छन् । रास्वपाले सरकारले जारी गरेको अध्यादेश खोटपूर्ण रहेको बताउँदै आएको छ ।
अध्यादेशका अन्तर्वस्तुमाथि भने गुण र दोषका आधारमा बहस गर्ने रास्वपा नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाले बोलायो सचिवालय बैठक