काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ सुरु गर्ने भएको छ । केन्द्रीय नेताहरूलाई सबै प्रदेशमा खटाएर रास्वपाले संवाद गर्न लागेको हो ।
समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग भेटघाट र संवाद गरिने रास्वपाले जनाएको छ ।केन्द्रीय नेता हरेक प्रदेशमा पुगेर समाजका अगुवा, व्यवसायी, अभियन्ता, लेखक, विज्ञ, लगायतसँग संवाद गरिने रास्वपाले जनाएको छ । समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग संवाद हुने गण्डकीका लागि जिम्मेवारी पाएका नेता शिशिर खनालले जानकारी गराए ।
‘उहाँहरूको अहिलेको राजनीतिप्रतिको बुझाई संवाद हुन्छ । संवादको क्रममा सरकारले राखेको राजनीतिक प्रतिशोधको जानकारी गराउँछौं,’ खनाल भन्छन्, ‘संवाद र छलफल संगठन निर्माणको कार्यपनि हो ।’
संवादका लागि सुदूरपश्चिममा दिपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिन कुमार आचार्य, गण्डकीमा शिशिर खनाल, वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशीमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।
संवादबाट प्राप्त सल्लाह सुझावहरूलाई मूलधारको राजनीति निर्माणको लागि महत्त्वपूर्ण हुने अपेक्षा रास्वपाले राखेको छ । संवादका क्रममा सरोकारवालाहरुले उठाएका विषयमा रहेर खटिएका नेताहरुले केन्द्रमा प्रदेशगत प्रतिवेदन बुझाउने छन् । यस प्रकारको संवाद आवश्यकता अनुसार चरणबद्ध गरिने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान