काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने बताएको छ । शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म उम्मेदवार टुंगो लगाउने बताएका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले उम्मेदवारबारे भोलिसम्म निर्णय हुन्छ भन्नुभएको छ’, पाण्डेले भने । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता सामाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति भएको थियो । माओवादी केन्द्रमा अध्यक्ष पदका लागि मुख्य ३ जना आकांक्षी देखिएका छन् ।
हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालले अध्यक्ष पदका लागि आकांक्षा राखेको स्रोतको भनाइ छ । राष्ट्रियसभा निर्वाचनको मिति २९ फागुनका लागि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे