एजेन्सी । मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्साले १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो ।
टोलीको जीतमा युवा विंगर लामिन यामालले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले ७३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सालाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।
यसअघि पहिलो हाफमा इल्के गुन्डोगानले पेनाल्टीबाट टोलीलाई अग्रता दिलाउन अवसरबाट चुकेका थिए । दोस्रो हाफमा १६ वर्षीय यामालको प्रहार पोस्टमा लागेको थियो ।
जीतपछि बार्साले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी ५ अंकमा झारेको छ । २८ खेलबाट टोलीको ६१ अङ्क रहेको छ । एक खेल कम खेलेको रियल ६६ अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा ५९ अंकसहित जिरोना छ । जिरोनाले पनि बार्साभन्दा एक खेल कम खेलेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ फागुन २०८०, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित
बायर्न म्युनिखमाथि बार्सिलोनाको शानदार जित