काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रका काम गर्नका लागि छुट्टै संस्था बनाउने घोषणा गरेकी छन्। ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा नवनियुक्तमन्त्री चौधरीले सो कुरा बताएकी हुन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको यस अघिको सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको थियो।
मन्त्री चौधरीले महिला हिंसाको घटना बढिरहेको बेला सो विभाग खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला अधिकारसम्बन्धी हेर्ने छुट्टै संस्थाको व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने बताइन्।
सरोकारवाला निकाय र विज्ञहरूले पनि महिला विकासको क्षेत्र हेर्ने छुट्टै निकायको आवश्यकता औँल्याएकाले सरकारले अगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा सो कुरा समावेश गरेर अघि बढ्ने उनको भनाई थियो।
मन्त्री चौधरीले राजनीतिक क्षेत्रमा महिलाहरूको सहभागिता ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने लक्ष्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि लिएको बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी
किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी