मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, चार घाइते

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, १२ : ४८
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, चार घाइते

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बिहीबार राति वडा नं ६ पर्साको भित्री सडक खण्डमा लुम्बिनीबाट सूर्यपुरातर्फ जाँदै गरेको लु ८७ प ४२१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २४ प ७८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा लु २४ प ७८५ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय राजमन लोनियाको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार दैलेख जिल्लाका २३ वर्षका भुपेन्द्र शाहीसहित चार जना घाइते भएका छन् । मृतक र शाही दुवै गौतम बुद्ध विमानस्थलमा कार्यरत कर्मचारी हुन् ।

दुर्घटनामा परी घाइते भएका रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ बस्ने ३४ वर्षीय राजेश चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ३४ वर्षकी पवित्रा चौधरी, ७ वर्षका रिजिना चौधरी पनि दुर्घटनामा परी घाइते भएका छन् । घाइतेहरुको भैरहवाको भिम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस