काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको र कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले एकतर्फी रुपले अविश्वसनीय रुपमा गठबन्धन तोडेको टिप्पणी गरे । २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेको भन्दै नेता लेखकले त्यतिबेला गरेको प्रतिज्ञा बेवास्ता गरेर प्रधानमन्त्रीले कांग्रेसप्रति कुठाराघात गरेको बताए ।
‘निर्वाचनमा प्रतिवद्धता गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान हो’, उनले भने, ‘आफ्नो जिम्मेवारीबाट भाग्ने गठबन्धन भत्काउने जुन अविश्वसनीय काम गरियो । यसलाई कठोरतापूर्वक भन्नैपर्यो यो राजनीतिक बेइमानी हो ।’
व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए ।‘यो व्यक्तिगत सम्बन्धमा आधारित भएर गरिएको निर्णय होइन, आज पनि मेरा आदरणीय नेता प्रचण्डप्रति उत्तिकै सम्मान छ । तर राजनीतिक रुपमा इमान भएन, इमान नभएको हुनाले बेइमान भनिएको हो’, उनले भने ।
कांग्रेससँगको गठबन्धन भत्काउने प्रधानमन्त्रीको निर्णयले मुलुकलाई शृंखलावद्ध अस्थिरतातिर जाने खतरा देखिएको नेता लेखकले बताए । आपसी छलफलबाट समाधान हुन सक्ने विषयलाई पनि प्रधानमन्त्री प्रचण्डले अतिरञ्जित किसिमले बढाएर, चढाएर आफ्नो कमजोरी एक दुई जना मन्त्रीको टाउकोमा हाल्ने काम गरेको उनले बताए ।
‘यी कारणले कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय समितिको बैठकबाट समर्थन फिर्ताको निर्णय लिएको हो’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
चैतभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने कांग्रेसको लक्ष्य
कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू नियुक्त
काँग्रेसका मन्त्रीहरूले भने-ओली नेतृत्वको सरकारमा काम गर्न कहीँ न कहीँ समस्या छ
अध्यादेश छलफलमै आएको हो‚ चर्चा गर्न आवश्यक छैन : कांग्रेस
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी