काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने सम्बन्धी दुई वटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरेका हुन् ।लामो समयदेखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भए पनि विधेयक अगाडि बढ्न सकेको थिएन ।
नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधानका गर्न र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउने लगायत विषय यी विधेयक महत्त्वपूर्ण हुने विश्वास राखिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधिसभामा दर्ता