इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि म्यानमार र नेपालको दाबी

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १२ : ३८
इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि म्यानमार र नेपालको दाबी

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ । दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि तयार रहेको र उपाधि जित्ने दाबी गरेका छन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल राम्रो भएको र फाइनलका लागि तयार भएको बताए । ‘तीन खेल खेल्याैं, राम्रो भयो । अब फाइनलको तयारी हुँदैछ’ उनले भने ।

यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि अहिलेसम्म सबैले राम्रो खेलेको र अब उपाधिका लागि फाइनलमा फाइट गर्ने बताइन् । ‘समग्रमा सबै खेल राम्रो भयो । सबैले राम्रो खेल्नुभयो । अहिलेसम्म सिल्भर मेडलमा छाैं । भोलि गोल्डका लागि फाइट गर्नेछाैं’ उनले भनिन्, ‘दुवै टिम उपाधिका लागि खेल्छन् । जसले राम्रो खेल्छ उसैले जित्ने हो । हामी हाम्रो बेस्ट दिनेछाैं ।’

प्रतिक्रिया दिनुहोस