बाँकेमा लुटेरा समूहको आक्रमणबाट एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, १० : ४६
बाँकेमा लुटेरा  समूहको आक्रमणबाट एक जनाको मृत्यु

बुटवल । बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समूहको आक्रमणबाट एक जनाको ज्यान गएको छ । गए राति ५-७ जनाको समूहमा लुटपाटका लागि आएकालाई प्रतिकार गर्ने क्रममा जानकी ३ रुद्रपुर नयाँ बस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको  छ । लुटेरा समूहले उनलाई चिर्पटले आक्रमण गरेका थिए ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले सो समूहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजवंशी थारु पनि घाइते भएको बताए । लुटेराहरूले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

खजुरा रोडबाट भित्री सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समूह आएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको  छ।

प्रतिक्रिया दिनुहोस