काठमाडौं । एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । १४ फागुनको मन्त्रिपरिषद बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवको नाम सरुवा तथा पदस्थापनका लागि भन्दै पठाएको थियो । तर, अर्थ मन्त्रालयले २ जना सहसचिवको नाममा असहमति जनाएपछि निर्णय हुन सकेको थिएन ।
मन्त्रिपरिषद्को निर्णयअनुसार हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु पुरी सरुवा भएका छन् । अरुण पोखरेल प्रदेश आर्थिक मामिला मन्त्रालय सुदुरपश्चिमबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । कोषहरि निरौला अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस
छोटो सयममै सहसचिव फेरबदल हुँदा प्रशासन अस्थिर
अर्थका १५ जना सहसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ ?
सिडिओसहित गृहका २५ जना सहसचिवको सरुवा
तीन सहसचिव सचिवमा बढुवा