काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस् भन्ने लक्ष्यका साथ पार्टीभित्र विषय उठान गरेको बताएका छन् ।
बुधबार बसेको स्थायी कमिटीको बैठकमा शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यविभाजनमा असन्तुष्टि जनाउँदै फरक मत बुझाएका थिए । पार्टीको संस्थागत हितको पक्षमा आफू रहेको उनको भनाइ छ ।
शर्माले फेसबुकमा लेखेका छन्, ‘भर्खरै सम्पन्न स्थायी समिति बैठकमा केही महत्त्वपूर्ण सवालबारे पार्टी सुधारको पक्षमा व्यक्तिगत धारणा राख्नुपर्ने आवश्यकता ठहर गरी मैले संस्थागत हितका लागि विषय उठान गरेको हुँ । खासगरी पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस्, सो अनुरूप कार्यान्वयन, गुणात्मक सुधारसहितको बलियो पार्टी निर्माण गर्न आन्तरिक जनवादसहित नेता, कार्यकर्ताको न्यायोचित र पूर्वाग्रह रहित कार्यविभाजन हुनु पर्छ भन्नेमा जोड दिने कुरा पार्टीलाई बलियो बनाउने कुरा हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा
विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा
‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्चले रोक लगाउनु लोकतन्त्रको उपहास हो : जनार्दन शर्मा
स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड
प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन : जनार्दन शर्मा