काठमाडौं। नवनिर्वाचित राष्ट्रियसभाका सांसदको शपथ ग्रहण कार्यक्रम आगामी फागुन २१ गते सोमवार हुने भएको छ ।शपथ कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान साे दिन ११ः३० बजे हुने तय भएको हो ।
उक्त दिन शपथ हुने भएकाले उपस्थितिका लागि राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूलाई संघीय संसद् सचिवालयले अनुरोध गरेको छ ।
‘राष्ट्रियसभा सदस्य निर्वाचन २०८० बमोजिम निर्वाचित सदस्यहरूको शपथको कार्यक्रम फागुन २१ गते सोमवार बिहान ११ः३० बजे ल्होत्से हलमा हुने भएकाले भएकोले उपस्थितिको लागि निर्देशानुसार यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रियसभाको निर्वाचन गत माघ ११ गते बिहीवार सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १४ : १३
लेखकबाट थप