काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को ओझ र गरिमा घटेको बताएका छन्। मंगलवार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसद्को ओझ र गरिमा घटेको बताएका हुन्।
उनले संसदमा चयन हुने शब्द र वाक्यहरू संसद्को ओझ र गरिमा अनुसार हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। उनले संसदमा बोलेको कुराहरूको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भए पनि संसद्को त्यो प्रकारको गाम्भिर्यता कायम हुन नसकेको बताए।
माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उनले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्नेमा जोड दिए। संसद्को गरिमा कायम नहुनुमा आफूले संसद्को नेतृत्व र सांसदहरूलाई भने दोष नदिने स्पष्ट परे। उनले विचारको रिक्तता र शुन्यताका कारण संसद्को लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए।
विचारको शुन्यताका कारण संसद्को मात्र नभई पार्टीहरू र सिंगो राष्ट्रकै लोकतान्त्रिक अभ्यास कमजोर भएको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैन: अग्नि सापकोटा
प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ : अग्निप्रसाद सापकोटा
अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको फैसला आज नआउने
लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्व सभामुख सापकोटा
गठबन्धन दलहरू भित्रको विवादले सरकारलाई असर गर्दैन : अग्नि सापकोटा