प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ : अग्निप्रसाद सापकोटा

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, १५ : २७
प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ : अग्निप्रसाद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बनेको बताएका छन् । पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डको नेतृत्वमा नै समाजवादको लक्ष्यमा पुग्न सक्ने बताए ।

 उनले थपे, ‘प्रचण्ड आज संयुक्त राष्ट्रसंघको महासचिवदेखि विश्व रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ, अब लेनिन बन्ने बाटोमा अघि बढ्नुभएको छ । तीन करोड जनताको साथ पायौं भने हामीलाई धर्तीको कुनै तागतले हल्लाउन सक्दैन । सारा तागत लगाएर प्रचण्डको नेतृत्वमा दृढतापूर्वक गोलबद्ध हौं ।’

उपाध्यक्ष सापकोटाले पार्टीका नेता कार्यकर्तालाई मंसिरमा हुने उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन पनि दिए ।उनले भने, ‘हामी अहिले जनतामा गइरहेका छौं । जनताले धेरै कुरा बुझेका छन् । हामी हिजो बराल्लिएकै हौं, अलमलिएकै हौं, तर अब हामी जनताको समस्यामा एकाकार हुन्छौं । हाम्रो वर्गलाई साथमा लिएर अघि बढ्यौं भने हामी सफल हुन्छौं ।’

नेता सापकोटाले पार्टीभित्र कुनै समस्या नभएको भन्दै आफूभित्र एकताबद्ध भएर अघि बढेको बताए ।

 

प्रतिक्रिया दिनुहोस