काठमाडौं । शाखा अधिकृत पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले मंगलबार माघ २७ गते लिएको पहिलो चरणको परीक्षाको जम्मा परीक्षामा सहभागिमध्ये ४४.१९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार २७ जनामध्ये ९ हजार २९३ जना दोस्रो चरणको परीक्षामा सहभागी हुनका लागि उत्तीर्ण भएका हुन् । द्वितीय चरणको परीक्षाका लागि छनौट भएका परीक्षार्थीले साविककै प्रवेशपत्रबाट आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपालय कार्यालयबाट तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुने आयोगले जनाएको छ । नतिजा हेर्नको लागि चाप बढेकोले आयोगको साइट डाउन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न सेवाका ९ शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)
पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस