काठमाडौं । विभिन्न सेवा तथा समूहका ९ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको विभिन्न बैठकबाट वन, कृषि र लेखापरीक्षण सेवातर्फका ९ शाखा अधिकृतलाई सोही सेवा तथा समूहतर्फको उपसचिव पदमा बढुवा गर्न सिफारिस भएका हुन् ।
जसमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा नेपाल कृषि सेवाको बागवानी (हर्टिकल्चर) समूहतर्फका शाखा अधिकृत पद्मनाथ आत्रेय, जोगेन्द्र कान्टु र प्रमिला वाग्ले सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् । बढुवाका लागि १० जनाले आवेदन दिएका थिए ।
ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाटै नेपाल कृषि सेवाकै बाली विकास (एग्रोनोमी) समूहतर्फका शाखा अधिकृत अरविन्दमणि त्रिपाठी सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उक्त पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाटै नेपाल कृषि सेवातर्फ नै माटो विज्ञान समूहतर्फका शाखा अधिकृत नेत्रप्रसाद भट्ट सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । यसमा २ जना उम्मेदवार रहेका थिए ।
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट नै नेपाल वन सेवाको स्वायल एन्ड वाटर कन्जरभेशन समूहतर्फका शाखा अधिकृत महेन्द्रप्रसाद चौधरी सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उक्त पदका लागि ७ जना उम्मेदवार रहेका थिए ।
नेपाल लेखापरीक्षण सेवातर्फका शाखा अधिकृत शैलेन्द्रकुमार प्रसाईं, श्रीराम धिमाल र कृष्ण भट्ट सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । रिक्त रहेको ३ पदका लागि ५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक
पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस