काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन । उनले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गरे । उनले सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्न समेत गरे । उनले एनसेल खरिद बिक्री प्रकरणको छानविन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।
उनले भने– ‘यो सार्वभौम संसदलाई लडाइँको क्षेत्र जस्तो, आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइएको छ ? सभामुखबाट रुलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरुले आफूलाई लागेको गम्भिर आरोपका विषयमा यो सदनमा आएर उभिएर जवाफ दिन रोकेको छ के ले ? किन यो चिज निरन्तर मागिरहनुपर्ने भयो ? यदि कुनै अपm्ठ्यारो छैन, यदि आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिनसक्ने यथेष्ट आधारहरु छन्, ति आरोप वा विषयहरु निराधार हुन् भने सार्वभौम संसदमा उभिएर त्यस बारेमा भन्नका लागि सरकारलाई के ले रोक्यो ? सभामुखले लगातार तीन पटक रुलिङ गरिसक्नुभएको छ । सभामुखको रुलिङलाई पनि बेवास्ता गर्ने ? प्रतिपक्ष मात्र होइन सत्ता पक्षमा रहेका साथीहरु समेत सरकारका विभिन्न रवैयाहरुको बिरोध गरिरहेको, आलोचना गरिरहेको यो परिप्रेक्षमा जुन ढंगले वेवास्ता गरिएको छ यो गम्भिर विषय छ । लोकतन्त्रको लागि यो सुहाउँदो भएन । भद्दा भयो । त्यसकारणले म सबैको ध्यानाकर्षण गराउन चाहन्छु । त्यो मात्रै होइन एक्जियाटाको रिपोर्ट खोई ? कयौँ विषय हामीले मागेका छौँ । एनसेल खरिद बिक्रीको विषयलाई लिएर संसद, सडक तात्यो । खोइ यो विषयमा हामीले चर्चा गर्न पाएको ?’
उनले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताए । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने