काठमाडौं । राजनीतिको आखिरी अवस्थामा छन् कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली । उमेरले सात दशक यात्रा पार गरिसकेपनि राजनीतिक मोह र शक्तिको लालसा दुवैमा हटेको छैन ।
पार्टी सत्ता होस् या राजकीय सत्ता दुवैमा असिम चाह छ । त्यही चाहका कारण उनीहरुमा जति बुढो भएपनि उत्तिनै शक्तिको लालसा जागेको छ । जसकाकारण दुवै नेता आ आफनो पार्टीभित्रको आन्तरिक राजनीतिमा तिख्खर रणनीति बनाउन लागिपरेका छन् ।
देउवालाई विद्यानतः अव पार्टीको सत्ता महाधिवेशनबाट प्राप्ती हुँदैन । अर्थात, कांग्रेसमा अव देउवा पार्टी सभापति बन्न पाउँदैनन । दुई कार्यकाल सभापति भईसकेका कारण तेस्रो कार्यकालका लागि उनलाई सभापति बन्न कांग्रेसको विद्यानले दिँदैन । तर एमाले अध्यक्ष केपी ओलीलाई एमाले विद्यानले अध्यक्ष बन्न रोक लगाउँदैन । एमालेको दशौं महाधिवेशनमा एमालेले उमेर हद हटाएर ओलीका लागि बाटो खोलिसकेको छ ।
झण्डै झण्डै त्यही बेला पनि ओली उमेर हदका कारण रोकिने अवस्थामा थिए । अहिले उमेर हद कायम राखेको भए ओली मात्रै होइन, एमालेका धेरै नेताहरु राजनीतिबाट विदाई लिनुपर्ने अवस्थामा हुने थियो । तर, ओलीले सुझबुझपूर्ण निर्णयले त्यो नीति परिवर्तन गरिदिए । जसकाकारण फेरि ओलीलाई पार्टी सत्ता आफ्नै बलबुतामा राखिरहने प्रयासमा छेकबार लाग्ने छैन ।
देउवालाई आफु सभापति हुन नपाएपनि आफ्नै पेरिफेरिमा पार्टी सत्ता हाक्नसक्ने पात्रको खोजी छ । तर उनी पार्टी महाधिवेशन आफु राजकीय सत्तामा रहेर गराउन चाहान्छन् । आगामी चुनाव (०८४) आफैले टिकट बाँडेर गर्ने र त्यसपछि मात्र महाधिवेशन गरेर महाधिवेशन गराउने दाउमा देउवा छन् । ओलीको भने अवको १७ महिना सरकारको नेतृत्वमा रहँदा नै महाधिवेशन गरेर फेरि अध्यक्ष बन्ने दाउ छ ।
विद्यानतः कांग्रेसमा २०८२ मंसिरमा पार्टीको महाधिवेशन गर्नुपर्ने छ । एमालेमा त्यसको एक वर्षपछि अर्थात २०८३ मंसिरमा । तर देउवा पार्टी महाधिवेशन पछि धकेल्ने र ओली भने अगाडी नै गर्ने योजनामा देखिएका छन् । यसभित्र दुवैका आ आफ्नै स्वार्थ छन् ।
ओलीलाई पार्टीभित्र पूर्व राष्टपति विद्यादेवी भण्डारीको बढ्दो सक्रियता मन परेको छैन । एमालेभित्र ओलीको विकल्प भण्डारीलाई महाधिवेशनबाट अध्यक्ष बनाउनु पर्ने जर्वजस्त मत बलियो बन्दै जान थालेको छ । भण्डारीको देश दौडाह र राजनीतिक भेटघाटले पनि त्यसलाई बल पुगिरहेको छ । सार्वजनिक अन्तवार्तामै भण्डारीले हिजो पनि म पार्टी सदस्य हो, अहिले पनि पार्टी सदस्य सरह हो । म एमालेको सदस्य भएँ भनेर कसैले दुःखमनाउ गर्नुपर्दैन भन्दै बोल्न थालेपछि ओलीलाई टाउको दुखेको छ ।
एमालेमा ओली अझै एउटा महाधिवेशनबाट अध्यक्ष चुनिन चाहान्छन् । उनले भण्डारीको सक्रियता रोक्न आफु प्रधानमन्त्री भएकै बेला पार्टी महाधिवेशन गराउन चाहान्छन् । त्यसका लागि उनी पार्टी महाधिवेशन १० महिना जति अगाडी सार्न चाहिरहेका छन् ।
अर्थात ओली २०८२ को अन्तिम चैत या २०८३ को शुरु बैशाख जेठ तिर महाधिवेशन गर्ने र फेरि अध्यक्ष चुनिएर २०८३ मंसिरमा मात्र कांग्रेस सभापति शेरवहादुर देउवालाई अहिलेको गठबन्धनको समिकरण र सहमति अनुसार सरकार हस्तान्तरण गर्न चाहिरहेका छन् ।
आफु प्रधानमन्त्री भएकै बेला पार्टी महाधिवेशन गर्न सक्दा मात्रै आफनो सम्भावित प्रतिस्पर्धी विद्या भण्डारीलाई पाखा लगाउन सकिने र फेरि आफै पार्टी अध्यक्ष बन्न सक्ने आंकलनमा ओली छन् । सोही अनुसार ओली प्रधानमन्त्री भएरै महाधिवेशन गर्न चाहिरहेको ओली निकट स्रोत बताउँछ ।
उता देउवा भने २०८२ मंसिरमा गर्नुपर्ने महाधिवेशन २०८५ वैशाखतिर मात्र गर्न चाहिरहेका छन् । २०८४ को चुनाव अगाडी महाधिवेशन गर्दा महाधिवेशनको चुनावी ह्याङले पार्टीलाई असर गर्ने र चुनावी परिणाम कांग्रेसको पक्षमा सकारात्मक आउन नसक्ने कारण देखाएर देउवा महाधिवेशन रोक्ने र पछि धकेल्ने योजनामा छन् ।
संविधान अनुसार २०८२ मंसिरमा महाधिवेन गर्न पर्ने दवावमा रहेको कांग्रेसले विशेष कारण देखाएर थप ६ महिना र अर्काे एक वर्ष अवधी थप गर्न पाउने छ । यसो हुँदा उसले २०८४ जेठ सम्म महाधिवेशन गरिसक्नुपर्ने छ । त्यो समय भनेको स्थानीय तह सकिएको र संघ प्रदेशको चुनावको तयारीमा जुट्नुपर्ने समय हुन्छ । यस अवधीमा चुनाव हुन नसक्नेमा काग्रेसका सस्थापन र इतर सबै समुह प्रष्ट छन् । महाधिवेशन पछि धकेल्नु भनेको २०८५ अगाडी सम्भव नहुनेमा दुवै पक्ष प्रष्ट छन् ।
देउवा संघ प्रदेशको चुनावमा आफै टिकट बाँड्ने,आफु निकटकै नेताहरुलाई टिकट दिलाउने र त्यसपछि पनि निरन्तर आफु २०८४ मा आउने सम्भावित चुनावी परिणामपछि पनि दल नेता बनेर सरकारमा छाईरहने रणनीति देउवाको छ । नभए पनि आफना मान्छेहरुलाई सरकारमा बलियो उपस्थितीमा पठाएर सत्ताको तालाचावी आफ्नै हातमा राखिरहन देउवा चाहान्छन् ।
यसका लागि देउवाले २०८५ मा मात्रै पार्टी महाधिवेशन गर्ने गरी रणनीति तय गरिसकेका छन् । जसका लागि पनि देउवा ओली दुवै सरकारको नेतृत्वमा रहेर मात्र पार्टी महाधिवेशन गर्न चाहिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा