काठमाडौं। भारतको उत्तर प्रदेशस्थित प्रतापगढमा एउटा भयानक दुर्घटनाको भएको छ । प्रयागराज–अयोध्या राजमार्गमा राति ३ बजेतिर दुर्घटना भएको हो ।
तीव्र गतिमा आएको कार अनियन्त्रित भएर घरमा ठोक्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । घरमा सुतिरहेका श्रीमान् श्रीमती पनि गम्भीर घाइते भएका छन् ।
इन्डिया टुडेको खबर अनुसार दुर्घटनापछि कारमा सवार श्रद्धालुलाई स्थानीय बासिन्दा र प्रहरीले निकै प्रयासपछि बाहिर निकालेका थिए ।
कारमा सात जना सवार थिए । सबै झारखण्डका बासिन्दा हुन् । प्रयागराज महाकुम्भबाट नुहाएर फर्कदै गर्दा दुर्घटना भएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु
महाकुम्भ स्नानका लागि गएकी महिलाको बाटोमै मृत्यु