काठमाडौँ । नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको छ । फागुन ६ गतेदेखि विषय उठाउँदै आउको भएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ ।
‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरूले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, ‘सुप्रिमोमाथि को छ ?’ प्रधानमन्त्रीलाई सुप्रिमो भन्ने गरिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीमाथि कोही छ कि भन्दै प्रश्न गरेका हुन् । विवादित मन्त्रीहरुको सम्बन्धमा उनले सभामुखलाई स्पष्ट रुलिङ गर्न समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग
स्वास्थ्यमन्त्रीज्यू उपयुक्त सल्लाह लिन सकिँदैन भने मार्ग प्रशस्त गर्नुस्: तोसिमा कार्की
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
पूर्वराजा ज्ञानेन्द्रलाई सांसद न्यौपानेको चुनौती : ०८४ को चुनाव लड्नुस
म गणतन्त्रको विरोध गरिरहन्छु : राजेन्द्र लिङ्देन