एजेन्सी । लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।
लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ ।
इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ फागुन २०८०, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चेल्सीमाथि लिभरपुलको सहज जित
लिभरपुलको लगातार दोस्रो जीत
डियाज र सलाहको गोलमा लिभरपुल विजयी
एभर्टनसँग लिभरपुल स्तब्ध
घरेलु मैदानमा लिभरपुलको लज्जास्पद हार
प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकिदा आर्सनल फाइदामा