काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको ? भन्दै प्रश्न गरे ।
परियारले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महंगो छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर कलेजमा न्यूनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन् । विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्युलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ । ख्वप कलेजमा पढ्नेको संख्या बढ्दो छ । शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक ल्याउनुहुन्छ तर ख्वप विश्वविद्यालयको विधेयक किन ल्याउनु हुन्न ? तत्काल विधेयक ल्याइयोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेका मुख्य राजनीतिक दलले देश बिगारे : प्रमुख सचेतक परियार
संख्याको दम्भ नदेखाउन सरकारलाई रास्वपाको चेतावनी
संसदको गतिरोध चाँडै अन्त्य हुन्छ : रास्वपा