काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ ।
सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।
सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।
यसअघि सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । तर, केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटकमा पहुँछ छ ।
प्राधिकरणले सूचना जारी गर्दै टिकटक चलेका पाइए [email protected] मा पठाउन अपिलसमेत गरेको छ । सूचना दिंदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार
टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय
टिकटकमाथिको प्रतिवन्ध हटाउने सरकारको तयारी