काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गर्दै गरेको प्रयोग गरेको शब्दप्रति सत्तारुढ दलहरूले आपत्ति जनाएका छन् । राप्रपाकी सांसद कार्कीले प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेकी थिइन् । त्यसपछि काँग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम नियमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ काँग्रेस सचेतक थिङले भनिन् ।
सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । साथै सिंगो सदनको ध्यान आकृष्ट गराएको भन्दै एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई बोल्न दिए । सभामुखको भनाइमा चित्त नबुझाएर काँग्रेसकै सांसद देवप्रसाद तिमिल्सनाले पनि नियमापत्ति गर्न खोजे । तर सभामुखले समय दिएनन् । ‘ध्यानाकर्षण भयो मैले भनिसकेँ । अब यसमा धेरै अगाडि नजाऔँ । ध्यान आकृष्ट भएको छ । ध्यान पुर्याएर सम्पूर्ण माननीय सदस्यले आफ्नो कुरा राख्दा राख्नुहुनेछ’ सभामुख घिमिरेले भने ।
आसनबाट उठेर काँग्रेस सांसद तिमिल्सनाले प्रधानमन्त्रीका सम्बन्धमा प्रयोग भएको गलत शब्द हटाएर जानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग
स्वास्थ्यमन्त्रीज्यू उपयुक्त सल्लाह लिन सकिँदैन भने मार्ग प्रशस्त गर्नुस्: तोसिमा कार्की
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
पूर्वराजा ज्ञानेन्द्रलाई सांसद न्यौपानेको चुनौती : ०८४ को चुनाव लड्नुस
म गणतन्त्रको विरोध गरिरहन्छु : राजेन्द्र लिङ्देन