काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जनस्तरका सामुदायिक संघ-संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा तीन हजारभन्दा बढी मतदाता भएको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा एमाले र सत्तागठबन्धनका उम्मेदवारलाई हराउँदै रास्वपाका एकबहादुर क्षेत्री विजयी भएको समाचार आएपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता-व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु गलत प्रवृत्ति रहेको जनाएका छन् । बुधबार जारी प्रेस विज्ञप्तिमा सामुदायिक संस्था स्थापना-सञ्चालनको उद्देश्य गैर(राजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता रहेको उल्लेख छ ।
पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप कुनै पार्टी सदस्यबाट गरेको वा गराइएको पाइए कारवाही रास्वपाको भनाइ छ । ‘ती संस्थाको नेतृत्व छनौटमा दलीय संलग्नता भइरहेकाप्रति हामी सचेत छौँ । जनहितका लागि गर्नुपर्ने काममा पनि भागबन्डा खोजेर जनतालाई सधैँ राजनीतिक पार्टीको अधीनमा राख्ने प्रवृत्तिको हामी घोर विरोध गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै