बुटवल। पाल्पामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।रुपन्देहीको देवदह खैरेनीबाट सोमवार बिहान पाल्पाको घामिकास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो ।
पाल्पाको रहवास–खैरेनी सडक अन्तर्गत भएको दुर्घटनामा परी टिपर चालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ का २४ वर्षका प्रदीप कुमाल र सोही स्थानका सहचालक १८ वर्षका मनीष परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न माथागढी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु
टिपर दुर्घटना: १ जनाको मृत्यु, चितवनका दुई सहित चार जना गम्भीर घाइते
माग्दीको बुक्लामा टिपर दुर्घटना, दुईजनाको मृत्यु
बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना, चालकको मृत्यु