अमेरिका । आज सेप्टेम्बर ११ । सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए ।
उक्त आतंकवादी आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भानियाका जम्माजम्मी दुई हजार नौ सय ७७ जनाको मृत्यु भएको थियो जसमध्ये १९ अपहरणकर्तासमेत थिए । घटनाको जिम्मेवारी आतंककारी संगठन अल कायदाले लिएको थियो ।
टावरको माथिल्लो तल्लामा हज्जारौं फसेका थिए । विमानको हमला लगत्तै धेरैको मृत्यु भयो भने त्यसपछिको आगोमा परी थुप्रैले ज्यान गुमाए । कतिको त्यहाँबाट हाम फालेका कारण पनि मृत्यु भयो । उक्त टावरमा दुई हजार ६ सय ६ को मृत्यु भएको थियो ।
तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश घटना हुँदा एक स्कुलको कार्यक्रममा थिए । पहिलो पटक घटनाबारे जानकारी दिँदा उनको अनुहारको भाव यस्तो थियो ।
यहाँ त्यस दिनका यस्ता तस्बिर दिइएका छन् जुन अमेरिकाले सायद कहिले बिर्सन सक्दैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ भदौ २०७५, १२ : १३
लेखकबाट थप