नारायणगढमा ३२ कठ्ठा जमिनमा अटोभिलेज बन्ने

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, १८ : ४४
नारायणगढमा ३२ कठ्ठा जमिनमा अटोभिलेज बन्ने

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी नदी किनार नगरवनमार्गमा ३२ कठ्ठा क्षेत्रफलको जमिनमा अटोभिलेज स्थापना हुने भएको छ । अटोभिलेज निर्माणका लागी महानगरपालिकाले जमिन उपलव्ध गराउन लागेको हो । चितवन अटोमोवाईल्स एशोसियसनको १७ औं वार्षिक साधारणसभा सोमवार नारायणगढमा भएको साधारणसभामा  कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नगरवनमार्गमा अटोल्याण्ड स्थापनाको पहलले अव छिट्टै सार्थकता पाउने बताउनुभयो । अटोभिलेज स्थापना पछि ठुला तथा साना सवारी साधनका पाटपुर्जा एवम् मर्मत सम्भार एकै स्थानवाट संभव हुनेछ । अटोभिलेज स्थापनाका लागी उवासंघले संस्थागत रुपमा निरन्तर गरेको पहकलकदमीले यो प्रतिफल प्राप्त भएको अध्यक्ष प्रधानले बताउनुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले अटोभिलेज स्थापनाले ब्यवसायलाई व्यवस्थित मात्र नभई उपभोक्ताले समेत राहत महसुस गर्ने बताउनुभयो ।

कार्यक्रममा अटो मोवाईल्स एशोसियसन नेपालका कोषध्यक्ष सुरेन्द्रकुमार उप्रेती, चितवनका संस्थापक अध्यक्ष निरकुमार पिया, पूर्व अध्यक्ष भिमलाल न्युरे, राप्ती अटो मोवाईल्स एशोसियसनका अध्यक्ष टोपवहादुर कार्की लगायतले शुभकामना मन्तव्य राख्नभयो । साधारणसभाले वार्षिक प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरेको एशोसियसनका पूर्व अध्यक्ष वालकृष्ण कंडेलले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस