माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, १५ : ३१
माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी  क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले उक्त प्रोजेक्टर क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।​

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरूको पढाइ र सिकाई क्षमता अभिवृद्धिका साथै गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षाका लागि प्रोजेक्टर प्रदान गरिएको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्स्टेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।