बैंकक । थाइल्यान्डमा जेल सजाय भोगिरहेका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रालाई छिट्टै रिहा गरिने भएको छ । शिनावात्रा जेल सजायमा माफी पाएर बाहिर आउन लागेको त्यहाँका न्यायमन्त्रीले बताएका हुन् ।
शिनावात्रा सन् २००१ देखि सन् २००६ को बिचमा थाइल्यान्डका प्रधानमन्त्री थिए । सोही वर्ष शिनावात्रा न्यूयोर्कमा रहँदा सेनाले कु गरेर उनलाई पदच्यूत गरिदियो । १५ वर्षसम्मको स्वघोषित निर्वासनपछि उनी गएको वर्ष अगष्ट २२ मा स्वदेश फर्किएका थिए । त्यसपछि उनमाथि शक्ति दुरुपयोग गरेको, भ्रष्टाचार गरेकोलगायत अभियोग चलाइयो । यी अभियोगमा उनी दोषी ठहर भए र ८ वर्षको जेल सजाय पाए । शाही माफी माग्दै शिनाबात्राले बिन्ती पत्र चढाएपछि जेल सजाय पाएको एक महिना नबित्दै थाईल्यान्डका राजाले उनको जेल सजाय ८ वर्षबाट घटाएर १ वर्षमा झारेका थिए ।
यो महिना जेलबाट परोलमा रिहा हुन लागेका ९३० बन्दीमध्ये शिनावात्रा पनि रहेको न्याय मन्त्रीले पुष्टि गरेका छन् । ७० वर्ष भन्दा बढी उमेर वा दीर्घ रोग भएको बन्दीहरुलाई परोलमा छाड्ने गरिएको छ । शिनावात्रा ७४ वर्षका भए । उनले आफ्नो आधा जेल सजाय कटाइसकेका छन् । शिनावात्रा थाइल्यान्डका सबैभन्दा विवादास्पद राजनीतिक नेता हुन् । शत्तामा रहँदा उनी त्यहाँका ग्रामीण र काम गर्ने उमेर समूहमाझ निकै चर्चित थिए । गएको २० वर्षयता थाइल्यान्डको राजनीतिमा कुनै न कुनै रुपमा शिनावात्रा हाबी रहँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०१ फागुन २०८०, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डमा बाढीका कारण ९ जनाको मृत्यु, हजारौँ विस्थापित
थाइल्यान्डमा बस दुघर्टनापछि आगलागी हुँदा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का
कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा एउटा टापु बन्द
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी