काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रसियन सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा सहभागी गृहमन्त्री श्रेष्ठलाई सांसद शर्माले आफूले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए । उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
साथै कोभिडपछि नेपाल भारतबिच रहेका सबै नाका सञ्चालनमा आएपनि पूर्वको काँकडभिट्टा नाका भने अझै सञ्चालनमा नआउँदा राजस्व र पर्यटन क्षेत्रमा प्रभाव परेको शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ : विश्वप्रकाश शर्मा
महामन्त्री शर्माको प्रस्ताव : बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूको लगानीमा बनाऔँ