जाजरकोट । जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा, उनकी चार वर्षीय छोरी हस्तिका थापा र १७ वर्षीय छोरी निर्माया थापा रहेकी छिन्।
मंगलबार राति स्थानीय दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामाथि पहिरो खसेको जाजरकोट प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको जाजरकोट प्रहरी प्रमुख, डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोटको विद्यालयलाई ७ लाखभन्दा बढी सहयोग हस्तान्तरण
जाजरकोटको चौखामा विद्युत् सबस्टेशन निर्माण
बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु
एमाले जाजरकोटको अध्यक्षमा शाही विजयी
जाजरकोट भूकम्प प्रभावित पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा