काठमाडौं। सिनियर टिममा डेब्यु गरेको दोस्रो खेलमा देब्रे हाते सूर्य तामाङले पहिलो विकेट लिएका छन् । एकदिवसीय सिरिजको दोस्रो स्लो लेफ्ट आर्म अर्थोडक्स बलर सूर्यले क्यानडाविरुद्ध विकेट लिएका हुन् ।
कीर्तिपुरमा जारी खेलको ३४.५ ओभरमा सूर्यले हर्ष ठाकेरलाई आशिफ शेखबाट क्याचआउट गराएका हुन् । ठाकेर ३ रन मात्रै बनाएर आउट भए ।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा ३७ ओभरमा २ सय रननजिक पुग्दा ५ विकेट गुमाएको स्थितिमा खेलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १२ : २१
लेखकबाट थप