काठमाडौँ । फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोड्ने सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । यस विषयमा शुक्रवार दिउँसो बस्ने स्थायी समिति बैठकमा पनि छलफल हुने उनले जानकारी दिए ।
फागुनको पहिलो हप्ता प्रज्ञा भवनमा हुने विधान अधिवेशनका एजेन्डा तय गर्न माओवादीले दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाएको छ । आजको बैठकमा मस्यौदा विधान पेस गर्नुको साथसाथै अध्यक्षले समसामयिक राजनीतिका सम्बन्धमा आफ्ना धारणा राख्ने सापकोटाले बताए ।
‘मूलतः स्थायी समिति बैठकमा मस्यौदा विधानबारे छलफल हुन्छ । साथै आजको बैठकमा अध्यक्षले समसामयिक राजनीतिबारे आफ्ना धारणा राख्नुहुन्छ । राष्ट्रियसभामा रिक्त हुने अध्यक्षमा माओवादीको दाबी रहन्छ । संवैधानिक परिषदमा शून्य हुने स्थिति आउन दिने छैन’, कुराकानी गर्दै सापकोटाले भने ।
माओवादीले मस्यौदा विधानमाथि छलफल गरी परिमार्जनसहित पारित गर्न शुक्रवार र शनिवार स्थायी समिति बैठक राखेको छ । माओवादीले चार महिने विशेष रूपान्तरण अभियानबारे समीक्षा गर्न २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र एमालेको सहकार्य अग्रगमन लक्षित छैन : अग्नि सापकोटा
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी यथावत् : प्रवक्ता सापकोटा