काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेको सत्ता सहकार्यको यात्रा पश्चगामी भएको टिप्पणी गरेका छन् । मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकपछि प्रवक्ता सापकोटाले अप्रत्याशितरुपमा घटनाक्रमहरू अगाडि आएका बताए ।
‘बाहिर संविधान संशोधनको कुरा आएको छ । त्यसमा पनि समानुपातिक निर्वाचन प्रणालीको कुरा छ । यो अग्रगमनभन्दा पनि पश्चगमनतिर जाने संकेत देखिएको छ । यो बेठिक छ भन्ने हामीलाई लागेको छ । यो यात्रा अग्रगमनतिर परिलक्षित भएको हामीले महसुस गरेका छैनौँ,’ उनले भने ।
समानुपातिक निर्वाचन प्रणाली हटाउने कुरा माओवादी केन्द्रलाई स्वीकार्य नहुने सापकोटाले बताए । कांग्रेस र एमाले सत्ता सहकार्यका लागि मिल्ने कुरा संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यता आधारित नभएको उनको भनाइ छ ।
‘पहिलो कुरा देशका पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्ने कुरा प्राकृतिक जस्तो लाग्दैन ,’ सापकोटाले भने ।यो सरकारले सामाजिक न्यायसहितको सुशासनमा धेरै उल्लेख्य काम गरेको छ । भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डको फाइल खोल्ने काम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी यथावत् : प्रवक्ता सापकोटा
राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी छोड्दैन : प्रवक्ता सापकोटा